मनसँग मन आउँनलाग्दा पलको खोजी

काठमाडौं । चलचित्र ‘मनसँग मन’को ट्रेलर रिलिज गर्दा दर्शकबाट सबैभन्दा बढी अभिनेता पल शाहको खोजी भएको छ । यो चलचित्र यही २७ माघबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्रको मंगलबार ट्रेलर रिलिज गरिएको छ । यो चलचित्रलाई कैलाश राईले निर्देशन गरेका हुन् ।

जवकी यो फिल्ममा पल शाह अतिथि भूमिकामा छन् । यो चलचित्रमा पुष्प खड्काको मुख्य भूमिका छ । यसमा पल शाह र पुजा शर्मालाई एउटा गीतमा देख्न सकिन्छ । यो चलचित्रको मेरो त भाग्य…, गीतमा पल र पूजाले नृत्य गरेका छन् ।

तथापि फिल्मको ट्रेलरको प्रतिक्रियामा अधिकाँस दर्शकले पल शाहलाई पर्दामा हेर्न चाहेको बताएका छन् । उनलाई चाँडै जेलबाट बाहिर निकाल्न आग्रह गरेका छन् । पल यतिबेला यतिबेला नवलपुरको कारागारमा छन् । उनी नावालिकलाई यौन दुराचार गरेको आरोपमा कैद सजाय काटिरहेका छन् । उनी जेल जानु अघि पलको फिल्म म यस्तो गीत गाउँछु २ रिलिज भएको थियो । त्यतिबेला पलले अभिनय गरेको चलचित्र मनसँग मन यो शुक्रबारबाट रिलिज हुन लागेको हो ।

सोमबार सार्वजनिक भएको मनसँग मनको २ मिनेट लामो ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार–चढावलाई देखाइएको छ । यसमा बुद्धी तामाङ पनि केही फरक चरित्रमा देखिएका छन् । ट्रेलरमा पुष्प एक्सन अवतारमा पनि प्रस्तुत छन् । यो चलचित्रका अन्य कलाकारमा रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दालगायत छन् ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ । अरुण तामाङ निर्माता रहेको यो फिल्ममा सन्तोष खवासको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *