माओवादीले बोलायो पदाधिकारीको बैठक समसामयिक विषयमा कुरा हुने

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
भदौ २३,२४ गते भएको जेन्जी आन्दोलन पछि माओवादीहरूको र जेन्जीहरूको एजेण्डा एउटै भएको भनेर प्रचण्डले बोलेका थिए। अबको रणनीति र नेतृत्व हस्तान्तरण को विषयमा छलफल हुन सक्ने एक केन्द्रीय सदस्यले अग्नि ज्वालालाइ बताएका छन् यस क्रममा जेन्जी आन्दोलनले उठाएका विषयलाई कसरी अगाडि बढाउने र आफ्ना एजेन्डा कसरी जनता माझ पुर्याउने भन्ने विषयमा कुराकानी हुने बताइएको छ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

