भ्रष्टाचार र निरंकुशताका विरुद्ध भएको जेनजी आन्दोलनलाई ओलीको अपव्याख्या ,जनताले पत्याएनन् !

भ्रष्टाचार र निरंकुशताका विरुद्धमा जेनजीहरूले गरेको आन्दोलनलाई अरु कसैले गरेको प्रमाणित गर्न ओली उद्दत भएका छन्। तर प्रमाणित हुने ठाउँ कतै पनि नरहेको र जनताको असन्तुष्टि पोखिएको सबै नेपाली जनता र सबै नेताहरुले स्वीकारीसकेको कुरा हो।जेन जी आन्दोलनले गर्दा बहिर्गमनमा परेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग नभएको हतियार अत्याधुनिक हतियार प्रयोग भएको दाबी गर्दै दाबी गरेका छन्। उनले नेपालमा भएको युवाहरूको आन्दोलनलाई घुसपेटसँग तुलना गर्दै यो आन्दोलन अरु कसैले गराएको भन्दै आफू पानीमाथिको ओभानो बन्न खोजेका छन्। स्वचालित हतियार प्रयोग भए नभएको नेपाली सेना नेपाल प्रहरी र गुप्तचर संस्थाहरुले प्रमाणित गर्नुपर्नेमा केपी ओली आफैले लोकलाई नै झुट हुने गरेर बोलेका छन्। सरकारको प्रमुख भएको हैसियतले हतियार कहाँबाट आयो पुष्टि गर्न नसकेर ओलीलाई लाग्ने गरेको हावा प्रधानमन्त्रीको र ऊखाने प्रधानमन्त्री भन्ने कुरा प्रमाणित भएको छ। सरकारको नेतृत्व गरेको दल र प्रमुख पद प्रधानमन्त्रीमा रहेका ओलीले आन्दोलनमा आदेश नदिएको र स्वचालित हतियार प्रयोग भएको भन्ने कुरा दिउँसै रात पारेको कुरा विश्लेषकहरुले बताउने गरेका छन्। यो कुरा प्रमाणित हुनको लागि नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले पनि नबोलेको कुरा ओलीले बोलेका छन्। यो प्रमाणित हुनको लागि ओलीसँगै भएर अहिलेका गृहमन्त्रीले भन्नुपर्ने हुन्छ। अबको छानबिन यस्ता भ्रमित कुरा गर्ने र देशलाई भड्कालोमा हालिरहने ओली र ओली प्रवृत्तिका विरुद्धमा नेपाली जनता सचेत भएर आउनुपर्ने र भदौ २३ गते १९ जनाको हत्या भएको कुरालाई ओलीलाई समातेर जेल हाल्ने र छानबिन गर्नुपर्ने जेन्जीहरूले अहिलेको अन्तिम सरकारसँग माग गरेका छन्।

