जेनजी विद्रोहमा हिंसा भड्किएर पदबाट राजीनामा दिएका ओलीलाई २४ भदौमा बालुवाटारबाट सेनाले हेलिकोप्टरमा ब्यारेकमा लगेर सुरक्षित राखेको थियो ।

ओली बिहीबार ब्यारेकबाट निस्किएर भाडामा गुण्डु सरेका हुन् । यसै बीच नेताहरुलाई काठमाडौँमा घरभाडामा दिन नसकिने घरबेटीहरुले बताउने गरेका छन्। नेताहरूलाई घरबाडामा दिँदा आफ्नो घर जल्ने डरले घरबेटीहरुले  काठमाडौँमा भाडामा नदिने विचार गरेका छन्।आन्दोलनको क्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीको बालकोटमा रहेको निवास आगजनी तथा तोडफोड गरिएको थियो ।