काठठमाडौं । पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीलाई जेनजीका तर्फबाट प्रस्तावित अन्तरिम प्रधानमन्त्री घोषणा गर्ने तयारी गरिएको छ । आज शुक्रबार नै उनलाई प्रधानमन्त्री घोषणा गर्न लागिएको हो ।  शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बिहीबारदेखि बसेको बैठकमा संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति नहुँदा प्रधानमन्त्री घोषणा गर्ने काम पनि रोकिएको थियो ।  शीतल निवसमा आज शुक्रबार बिहान ९ बजे पुनः बैठक बस्ने तयारी छ । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भए पनि संविधानले तोकेको प्रक्रिया ठुलो चुनौती बनेको हो। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म चलेको थियो। तर कार्कीलाई सरकार प्रमुखमा कसरी नियुक्त गर्ने भन्ने विषयमा अन्तिम निष्कर्ष नआएपछि बैठकलाई शुक्रबार बिहानका लागि सारिएको हो।   जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाउन छोडेका छैनन् । जेनजीहरुको अगुवाइ गरिरहेका काठमाडौं महानगरका मेयर बालेन शाहले पनि संसद विघटन प्राथामिक एजेण्डा भएको बताएका थिए ।  राष्ट्रपति पौडेलले यसअघि बिहीबार नै संविधानको धारा ६१ ९४० अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिनेरनसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग छलफल पनि गरेका थिए।