जेनजी समूहको भर्चुअल बैठकको निचोडः शुशीला कार्की पहिलो विकल्प, त्यसपछि को को ?

काठमाडौं । सामाजिक सञ्जाल मार्फत छलफलमा रहेको जेनजी समूहले आफ्नो तर्फबाट नेतृत्व गर्ने कसले भन्ने अन्तिम टुंगो लगाउन सकेको छैन । नेपाली सेनाले साढे ५ बजेसम्म प्रतिनिधित्व गर्ने व्यक्तिको नामसहित आउन भनेकाले टुंगो लगाउन उनीहरु भर्चुअल बैठकमा जुटेका थिए । ५ बजे आसपास नयाँ नेतृत्वका लागि आफ्ना माग लिएर सैनिक मुख्यालय जान लागेको उनीहरुको भनाई छ । जेनजीको छलफलमा आएको धारणा अनुसार पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई अघि सार्ने तर यदी तयार नभएको खण्डमा कुलमान घिसिङ वा अन्य कोही जेनजीबाट जान तयार हुने उनीहरुको छलफलमा सहमति भएको छ । रास्वपाका नेता सागर ढकालले पनि छलफलका क्रममा अन्तिम विकल्पका रुपमा आउन तयार रहेको बताएका छन् । उनीहरुले कुनै राजनीतिक दलको सदस्य भने नभएको हुनुपर्ने तर्क अघि सारेका छन् । जेनजीले शुशीला कार्कीलाई सेनासँगको वार्ताका लागि अघि सार्ने र भावि नेतृत्वका रुपमा समेत अघि सार्नुपर्ने तर उनले जेनजीका माग बोक्नुपर्ने, बताएका छन् । शुशीला कार्कीले भने, सिंगाे जेनजीले साथ दिन्छ भने नेतृत्व लिन तयार रहेकाे बताएकाे जेनजीका प्रतिनिधिहरूले जानकारी गराएका छन् । प्रतिकृया दिनुहोस सम्बन्धित खवर नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमाले सचिव टोपबहादुर पनि फरार मुख्य समाचार सेनाले थाल्यो बालेनसहित जेनजीका प्रतिनिधिसँग अनौपचारिक छलफल, गणतन्त्र राख्ने, रविलाई नमान्ने !

