विप्लप नेकपाको स्थायी समिति बैठकको निष्कर्ष : माओवादी केन्द्रसँग पार्टी एकतामा जोड

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रस्तुत गरेको समसामयिक प्रस्तावलाई बैठकले पारित गरेको छ । भोलि बस्ने पोलिटब्युरो बैठकमा थप छलफल गर्ने तयारी नेकपाको छ । स्थायी समितिका एक सदस्यले भने, भोलि बस्ने पोलिटब्युरो बैठकमा यस सम्बन्धमा छलफल हुनेछ । त्यस लगत्तै बस्ने केन्द्रीय समिति बैठकबाट पार्टी एकताका सन्दर्भमा निर्णय हुनेछ ।
नेकपा माओवादी केन्द्रले तत्काल पार्टी एकता गर्ने निर्णय नै गरेको विषयलाई स्थायी समिति बैठकले सकरात्मकरुपमा लिएको ती सदस्यले जानकारी दिए । तत्काल माओवादी केन्द्रसँग एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको समग्र एकतालाई अगाडि बढाउने विषयमा बैठक केन्द्रित रहेको थियो ।
अब नेकपाले पोलिटब्युरो र केन्द्रीय समिति बैठकबाट पार्टी एकताका लागि ठोस प्रस्ताव र जिम्मेवारी तोकेर अगाडि बढ्ने छ । नेकपाको पोलिटब्युरो र केन्द्रीय समिति बैठक पनि पार्टीको केन्द्रीय कार्यालय शिवगढी कपिलबस्तुमा बस्नेछ ।

