आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस

शुक्रबार आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो। सन् २०१० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा आणविक हतियारहरूको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो।

