नेपाल पर्वतारोहण संघको चुनावमा सत्ता गठबन्धन हराएर माओवादी विजयी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनमा सत्तारुढा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन पराजित भएको छ । उक्त गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पनि सामेल थियो । गएराति सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन विजयी भएको हो । प्रथम उपाध्यक्ष र एक सदस्यबाहेकका अन्य पदमा फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल नै विजयी भएको छ । शेर्पासहितको समूहलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको थियो । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन्। यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन्। त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ। अध्यक्ष • फुर्वा गेल्जे शेर्पा : ३४२ (विजयी) • कुलबहादुर गुरुङ : २८८ वरिष्ठ उपाध्यक्ष • इश्वरी पौडेल : ३४५ (विजयी) • टिका गुरुङ : २५८ प्रथम उपाध्यक्ष • मिङ्मा ग्याबो शेर्पा : ३५९ (विजयी) • काजी शेर्पा : २५६ द्धितीय उपाध्यक्ष • बोधराज भण्डारी : ३६८ (विजयी) • धनबहादुर गुरुङ : २३८ महासचिव • राजेन्द्रबहादुर लामा : ३१८ (विजयी) • विमल नहर्की : २०९ • शिव सापकोटा : ६८ सचिव • चन्दन थापा : ३५८ (विजयी) • ङिमा दिकी शेर्पा : २४४ कोषाध्यक्ष • ङिमा नुर्बु शेर्पा : ३०४ • सुमी लामा : ३०४ (बराबरी भएपछि सहमतिअनुसार आधा–आधा कार्यकाल गोलाप्रथाबाट गर्ने निर्णय ) सदस्य (विजयी) • माधवकुमार धमला : २७८ • केदार न्यौपाने : ३०२ • थुप्देन शेर्पा : ३२६ • गोकुल थापा : २८८ • मुलाल गुरुङ : ३५१ • देण्डी शेर्पा : ३११ • विक्रम कार्की : ३०६ • रिञ्जे शेर्पा : ३०१ • देवेन्द्र डंगोल : २९५ • दिकी शेर्पा : २८८ • निशा भोटे : ३०७

