३४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ९३ हजार १०० रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी २ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

