प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने



सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।
आजको बैठकमा सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, पर्यटन र ऊर्जा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्। आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीसमेत रहेको छ।
हेर्नुहाेस् कार्यसूची

