काठमाडौं । तराई मधेशमा हुलाकी मार्ग अभियान सम्पन्न गरेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजदेखि मध्य पाहाडी लोकमार्ग अभियान सुरु गर्दै छ । मध्य पाहाडी लोकमार्ग माओवादी केन्द्र पहिलोपटक सुरकारमा गएका बेला निर्माण थालिएको मार्ग हो ।  दाेस्राे चरणकाे अभियान अन्तर्गत बैतडीकाे पाटनमा जनसभा तथा डाेटीकाे दिपायलमा जनसंवाद गरेर अभियान अघि बढाउने माओवादीले जानकारी दियाे ।  अभियानका लागि हिजै डडेल्धुरा पुगेका अध्यक्ष प्रचण्ड लगायतका नेताहरूले आ बिहानै मर्निङ वाक गरेका छन् ।  हिजाे कैलालीमा पुगेका प्रचण्डले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताएका थिए । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा स्थानीयसँगको भेटघाटमा अध्यक्ष दाहालले भने, ‘भर्खरै सम्पन्न तराई–मधेस जागरण अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिनहरू माओवादी र जनताका दिन हुनेछन् ।’  भेटका क्रममा माओवादी केन्द्र चुरे गाउँ कमिटीले विभिन्न माग राख्दै अध्यक्ष दाहाललाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।  यस्तै डडेल्धुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेको गोबिन्द आचार्यले बताएका छन । डडेल्धुरा देउवाको गृह जिल्ला हो।