माओवादी सपनाको मध्यपहाडी राजमार्ग अभियानको तालिका तयारः कहिले, कहाँ, के हुन्छ ?


काठमाडौं । नेकपा माओवादी केन्द्र खाका बनाएर निर्माण थालेकाे मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको तालिका तयार भएको छ । ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको हाे । अभियान जेठ २ गते सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनमा अभियान उद्घाटन हुनेछ । कार्यक्रमको स्वरूप– मध्यपहाडी लोक मार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले १–१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले ११ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने । कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभाहरूलाई अभियानकै कार्यक्रमको रूपमा समावेश गर्ने छ । अभियान सुरू भएपछि पाेखार पुगेर मात्रै राेकिने अन्यथा निरन्तर अघि बढ्ने उपमहासचिव वर्षमान पुनले जानकारी दिए । त्यसपछि पुन पूर्वतर्फकाे कार्यक्रम तालिका बनाएर अभियान अघि बढाउने उनले बताए । बाँकी जिल्लाहरूमा अनुकूल समयमा जनसभाहरू आयोजना गर्नेछ । वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ गतेबाट दोस्रो चरणको अभियान सञ्चालन जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिवहरू गिरिराजमणि पौडेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सम्बन्धित प्रदेशका पदाधिकारीसँग समन्वय गरी अभियानको खाका बनाएको हो । लोकमार्गमा पर्ने प्रत्येक जिल्लाले जनदिशा लागु गरी १–१ दिन सबै जिल्लामा बसोबासको व्यवस्था मिलाएको छ। कहिले कहाँ हुन्छ कार्यक्रम ? २०८२ जेठ १ गते बेलुका डडेलधुरा २०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद २०८२ जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद २०८२ जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा २०८२ जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद २०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद २०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा २०८२ जेठ ८ गते बागलुङ जनसंवाद २०८२ जेठ ९ गते पर्वत कुस्मा जनसंवाद २०८२ जेठ १० गते कास्की (पोखरा) जनसभा