बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूको सहभागिता थियो । एकै सातामा संयन्त्रको यो तेस्रो बैठक हो ।

सरकारले ल्याएका ६ वटा अध्यादेश संसदका दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएपनि पनि बहुमत नभएका कारण सरकार संकटमा छ । ती अध्यादेश सदनमा पेस भइसकेका छन् । सरकारलाई समर्थन गरिरहेका दुई दल जसपा नेपाल र लोसपाले अध्यादेशमा समर्थन नगर्ने भनेका छन् ।