बुटवल। रुपन्देही  जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला  प्रहरी कार्यालय  रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो ।  न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान साँझ  सकिएपछि  भोली थुनछेक बहस हुने भएको छ । आदेशमा लामिछानेलाई भोलि बिहान  १०  बजे उपस्थित हुने  गरी कानुन व्यवसायी  र  परिवारको जिम्मा लगाइको  जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार  यज्ञमुर्ति  ज्ञवालीले रातोपाटीलाई बताए ।   भोली सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस  गर्नेछन् ।  बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा  रविसहित २२ जनाविरुद्ध मुद्दा  परेको थियो ।   लामिछानेविरुद्ध २ करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिकतर्फ १० करोड ९९ लाख रुपैयाँको छुट्टै बिगो माग गरिएको छ ।