पार्टी प्रवेशबधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरुसँग आज पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

यसपटकको उनिर्वाचनमा प्रदेश नम्बर १ मा जितेका स्थान र लोकप्रिय मत दुबै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ’– उहाँले भन्नुभयो– ‘वडा मात्रै होइनयसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्वपूर्ण संकेत होअब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ ।’

उदयपुरमा यसअघि हारेका दुई वटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले यसका लागि उदयपुरको पार्टी नेतृत्वलाई बधाई दिंदै मतदातालाई धन्यवाद दिनुभयो । ‘यो उपनिर्वाचनबाट हामी देशैभरि पनि तेस्रोबाट दोस्रोमा उक्लेका छौंअब हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन’– उहाँले भन्नुभयो– ‘आजबाट निकै उत्साहपूर्ण रुपमा स्थायी समिति बैठक सुरु भएको छअब हामी स्थायी समितिहुँदै केन्द्रीय समिति बैठकबाट पार्टीलाई जनतासँग जोड्ने स्पष्ट कार्ययोजनासहित नयाँ उचाईमा उठाउने छौं ।’

null

आफूले गत भदौमा मोरङसुनसरी र झापाको भ्रमण गर्दाउदयपुरको बेलकामा आयोजित पार्टीको परामर्श बैठक मात्र होइनभर्खरै रुपन्देहीकञ्चनपुर र झापामा भएको उल्लासपूर्ण पार्टी प्रवेशले देशव्यापीरुपमा जनलहर बढ्दै गएको पुष्टि गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो जनलहर २०८४ को जीतको लहर होसबैले एकताबद्ध भएर मेहनत गरौं फेरि पनि पार्टीलाई एक्लै लडेर पहिलो शक्ति बनाउन सकिने छ।’

सो क्रममा एकीकृत समाजवादी युवा संघ उदयपुरका अध्यक्ष खिलराज राई र तामाङ भाषाको चलचित्रका स्थापित कलाकार ऋतुराम पोख्रिन माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।null

त्यस्तै लामो समय माओवादी आन्दोलनमा रहेर केही समयअघि एमालेमा प्रवेश गर्नुभएका स्थापित नेता गञ्जु शेर्पाको दम्पत्ति पनि पुनः माओवादी केन्द्रमा समायोजन भएको छ । उहाँहरुलाई अध्यक्ष प्रचण्डले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष प्रचण्डले त्रियुगा १२ नवनिर्वाचित वडा अध्यक्ष नवीनकुमार वान्तवा राईलाई सम्मान गर्नुभएको थियो ।