बुटवल । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन्। निर्वाचन आयोगका अनुसार ३ हजार ६२७ मत प्राप्त गर्दै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन्। यहाँ कांग्रेस र एमालेबीच गठबन्धन गरेको थियो। एमालेकी केशकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेकी हुन्। उनले २ हजार १२८ मत ल्याइन्। माओवावादी केन्द्रलाई एकीकृत समाजवादीले सघाएको थियो।  २०७९ मा पुथा उत्तरगंगाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो।