बीआरआईमार्फत ऋण होइन, अनुदान लिनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर महत्वपूर्ण धारणा व्यक्त गरेका छन्।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले सरकारले चिनियाँ परियोजना बीआरआईमार्फत ऋण नलिन आग्रह गरे। देउवाले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको नीति रहेको बताए।
उनले भने,‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ ।’
सभापति देउवाले चीनसँगको सम्बन्धलाई मजबुत बनाउन सरकारको प्रयास आवश्यक रहेको उल्लेख गरे। उनले थपे, ‘चीन हाम्रो पुरानो मित्र हो। त्यहाँ किन नजाने? तर, हाम्रो प्राथमिकता भनेको अनुदान हो, ऋण होइन।’