अल्टिमेटम दिदा पनि महशुल तिर्न अटेरी गर्ने ४९ उद्योगको लाइन काटियो
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले पटक पटक अल्टिमेटम दिदा पनि डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय आज सकिएको छ । लाइन नकाट्ने हाे भने मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर ल्याउन घिसिङले उर्जामन्त्रीमार्फत सन्देश पठाएका थिए । तर क्याविनेट बैठकले निर्णय गर्न नसकेपछि प्राधिकरणले एक्सन लिएकाे हाे । तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । यसअघि आज बिहान प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका थिए । तर बैठकले महसुलबारे कुनै निर्णय गर्न सकेको थिएन । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने यी उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको हुनाले महसुल बुझाउनुपर्ने पक्षमा छन् । प्रधानमन्त्री केपी अाेलीले संसदकाे बैठकमा लाइन काट्न नहुने तर्क गरेका थिए । उता उर्जा मन्त्रीले व्यापारिक घरानाकाे लाइन काट्नु घाटी काट्नु सरह हुने चेतावनी दिएका थिए ।