नेकपा एमालेकाे सक्रीय राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फर्कन चाहेकाे कुरा यसअघि पनि चर्चा भएकाे विषय हाे । तर प्रधानमन्त्री केपी शर्मा ओली भने त्याे चाहिरहेका छैनन् । परिणामस्वरूप यी दुइ नेताबीचकाे सम्बन्ध उती राम्राे नभएकाे एमाले भित्र चर्चा छ । एमालेकै एउटा शक्ति भण्डारीलाइ जसरी पनि पार्टी राजनीतिमा फर्काउन चाहान्छ भने अर्काे टाेली राेक्न ।  यस्ताे परिवेशमा अध्यक्ष ओली भण्डारीकाे निवास चपली पुगेका छन् ।  एमालेकी पूर्वउपाध्यक्ष भण्डारी एमालेबाट उम्मेदवार भएर दुई कार्यकाल राष्ट्रपति बनेकी थिइन् । पछिल्लो समय उनी एमाले कार्यक्रममा सहभागी हुँदै आएकी छन् । ओली एमालेका वर्तमान अध्यक्ष हुन् । केही नेताहरूले त एमालेको आगामी महाधिवेशनबाट पूर्वराष्ट्रपति भण्डारी पुनः एमालेको राजनीतिमा फर्किने बताइरहेका छन् । भण्डारीले भने यसबारे मुख खोलेकी छैनन् । भण्डारी र ओलीबीच विभिन्न विषयमा छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समयमा विकसित पार्टीको राजनीतिक स्थिति र अहिले देशले भोगिरहेको विपद्को पीडाबारे छलफल भइरहेको स्रोतले बताएका छ ।  पछिल्लो समय नेकपा एमालेको सार्वजनिक कार्यक्रमहरूमा भण्डारीको पूर्व राष्ट्रपति भण्डारीको उपस्थिति बाक्लिँदै गएको छ ।