प्रचण्डले बोलाए संसदीय दलको बैठक


बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
आजको बैठकमा संवैधानिक परिषद् बैठक, उपसभामुखबारे पछिल्लो समय सत्तारुढ दलले गरेको तयारी, सहकारी प्रकरण र संसद् बैठकलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने एक सांसदले नेपालखबरलाई जानकारी दिए। आजै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बस्दैछ।