केपि ओलिले जनतालाई भ्रमदिन बढाइएको शेयर बजारमा उच्च अंकको गिरावट
आज कुल १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँ बराबरको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर खरिद बिक्री भएको छ।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ भने होटल उपसमूहको सूचक पनि ४ प्रतिशतले घटेको छ। माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा कम १ प्रतिशतले मात्र घटेको छ।
घटेको बजारमा पनि ५ वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लागेर बढेको छ। एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने इष्टन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ।
गुडविल फाइनान्सको शेयरमूल्य ८.७३ प्रतिशतले घटेको छ भने हिमालयन पावर पाटनरको ७.६३ प्रतिशत र सुपर माइ हाइड्रोपावरको ७.४८ प्रतिशतले घटेका छ।
आज नेपाल फाइनान्सको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख, हिमालयन रि इन्स्योरेन्सको २९ करोड ८० लाख, एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख र सानिमा रिलायन्स इन्स्योरेन्सको २८ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आफू प्रधानमन्त्री भएकै दिन केपि ओलिले जनतालाई भ्रमदिन शेयर बजार बढाएका थिए । अहिले शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। यस घटनाले ओलिको असली रुप देखिएको छ।