काठमाडौं।  प्रधानमन्त्री केपी ओली र काठमाडाैंका मेयर बालेन शाहबीच टक्कर चलिरहेका बेला त्यसकाे असर उनीहरुकाे सामाजिक सञ्जाल एकाउण्टमा परेकाे छ। बालेनले एमाले संसद रेखा शर्माले बालश्रम शाेषण गरेकाे भन्दै गिरफ्तार गर्न फेसबुकमा लेखे। एमाले नेता कार्यकर्ताले बालेनकाे पाेष्ट विरुद्ध रिपोर्ट गरेर पाेष्ट फेसबुकले हटाउने अवस्था बन्याे । त्यसपछि बालेनका समर्थक ओली विरुद्ध खनिए।  उनीहरूले केपी शर्मा ओेेली फेसबुक पेज अनफलाे अभियान चलाए । जसकाे असरले गर्दा ओलीकाे फेसबुक पेज फलाेअर्स ह्वात्तै घटेकाे हाे। उनकाे पेजमा यसअघि ६ लाख ६६ हजार फलाेअर थिए। अहिले त्याे घटेर ६ लाख ४ हजार पुगेकाे छ। उता मेयर बालेनका फलाेअर भने बढेर २ एमबाट २.१ एम पुगेकाे छ।