ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उदयसमशेर राणाले एमाले सेलिबृटी बढी ,जनप्रतिनिधि कम भएको पार्टी भएको बताएका छन । उनले  निवर्तमान सांसद सिलवालले सडकसहितका पूर्वाधार मर्मतमा चासो नदेखाएको र सेलिब्रेटीमात्र बन्न खोजेको आरोप लगाएका छन् । उनले सेलिब्रेटी बनेर जनताको समस्या समाधान नहुने ठहर गरेका छन् ।

कोरोना महामारीमा जनतालाई बेवास्ता गरेका सिलवाल अहिले किसानको खेतमा पुगेर सेलिब्रेटी बन्न खोजेको उनकोे अर्को आरोप छ । त्यसैले विकास र समृध्दिका लागि आफूलाई मत दिन उनले आग्रह गरेका छन् । चुनावी कार्यक्रममा मतदातालाई विशेष जोड दिँदै भने,‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु । तर,विकास र समृध्दि चाहिएको हो भने मलाई भोट दिनु ।’

सिलवालले यसअघि २०७४ सालको निर्वाचनमा विजयी भएपछि कति विकास गरे,त्यसअघिका विकासका पूर्वाधारको मर्मत कति भयो ? यसबारे चासो राख्नुपर्नेमा राणाको जोड छ ।