बझाङमा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको छ । बझाङको सदरमुकामबाट मष्टा गाउँपालिका जाँदै गरेको सु.प.प्र.०४४००१ च ११७ नम्बरको जीप सोही गाउँपालिका १, चिउरीमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा छ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने कार्य भइरहेको छ ।

उनका अनुसार मृतकहरुको पहिचान खुलेको छैन । घाइतेहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।