प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली काँग्रेस नेतृ डा. आरजु देउवा हिजो राति जापानतर्फ उड्नुभएको छ । अघिल्लो महिना भारतको राजधानी नयाँ दिल्लीमा पाठेघरको उपचार गराएर फर्केपछि उहाँ हिजो नेपाल वायुसेवाको उडानबाट जापान जानुभएको हो ।

उहाँलाई जापानका लागि नेपाली राजदूतमा आफैँले सिफारिस गरेका दुर्गाबहादुर सुवेदी क्षेत्रीले नारिता विमानस्थलमा स्वागत गरेको बताइएको छ । डा। राणा यसअघि आमा प्रतिभा राणा राजदूत हुँदाको बखत झैँ यस पटक पनि सुवेदीको विशेष अतिथिको रुपमा रहने स्रोतको दाबी छ ।

आमा राजदूत छँदा उहाँले जापानमा कम्मरमुनिको हिपको उपचार गराउनुभएको थियो । सुवेदी बेलायतको राजदूत हुँदा पनि डा।राणा हप्तौंसम्म विशेष पाहुनाको रुपमा लण्डनमा बस्नुभएको हो ।

यता, नेपाली काँग्रेसका विभिन्न जिल्ला तथा क्षेत्रीय समितिले प्रधानमन्त्री तथा उहाँकी पत्नीसँग निकट सम्बन्ध रहेको देखाउन आगामी निर्वाचनको निम्ति उम्मेदवार सिफारिस गरेको छ । डडेलधुरा, कैलाली र बागलुङबाट उहाँलाई प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारको निम्ति सिफारिस गरिएको छ ।