सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ७,५०,७२,३९० इकाईहरु मिति २०८०÷०४÷२३ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगाएतका अन्य पदाधिकारीहरुको उपस्थितीमा सूचिकरण सम्बन्धी कार्यक्रम समापन भएको छ । तसर्थ, उक्त म्युचुअल फण्ड योजनाको दोस्रो बजारमा कारोबार मिति २०८०÷०४÷२४ गतेदेखि गर्न सकिने छ ।