कोरोना संग लड्ने स्वास्थ्यकर्मी हुन दुव्र्यवाहर हैन होैसला दिउ – संयोजक बन

कालिकोट । बिगत ६ महिने देखि कोरोना भाईरस संक्रमण ले जनजीवन लाई त्रसित बनाएको छ। नेपाल सरकार ले लकडाउन गरेको पनि पाँच महिना पुगिसकेको छ। तर पनि कोरोना भाईरस को संक्रमण घट्नु को साटाे झन दिनप्रतिदिन बढीरहेको छ।
यो महामारी को समयमा आम मानिस हरु कोरोना भाईरस को संक्रमण बाट वच्न को लागि घर घर मै बस्न बाध्य भएको विषम परिस्थिति मा ज्यान को बाजि लगायर जुध्न तम्सेका स्वास्थकर्मी हरु लाई सबै नेपाली दाजुभाइ तथा दिदिबहिनी ले धन्यवाद र हौसला दिनुपर्दछ।
तर नेपाल को विभिन्न स्थान मा भएको स्वास्थकर्मी माथी को दुव्र्यवहार ले नेपाली समाज लाई गिज्यायको छ। हामी कति अबुझ भएका छौ यस्तो दुव्र्यवहार ले हामीलाई कुन दिशा तर्फ लैजादैछ। हाम्रो समाज को चेतना कति रहेछ , कस्तो समाज रहेछ , हाम्रो बस्तुस्थिती कस्तो रहेछ भन्ने छर्लङ्ग पारिदियको छ।
एक पटक आफुले आफै सङ्ग प्रश्न गरौ , आफू स्वयंम संक्रमीत भएको कल्पना गरौ त के साच्चिकै हामी ले स्वास्थकर्मी माथी कस्तो व्यबहार गरिरहेका छौ। म त के भन्छु भने जो जस्ले ती कोरोना सङ्ग लड्ने स्वास्थ सेना लाई दुव्र्यवहार गरेका छ्न तिनीहरु लाई पैतला सुनिनेगरी लतक लगायर कानुनी रुप मा कार्बाही गर्नुपर्दछ।
छिमेकी मुलुक चीन, युरोपेली मुलुक , अमेरिकी मुलुक मा स्वास्थ कर्मी हरु लाई धन्यवाद , हाम्रो भगवान , हाम्रो प्राण भनेर सम्बोधन गरिरहेका छ्न भने हाम्रा नेपाली दाजुभाइ ले डेरामा बस्न नदिन लागिपर्छन , घेरा हाल्छ्न लखेटेर धपाउन खोज्छ्न , अपमानित गरेको घटना बाहिर आउदा सम्पुर्ण नेपाली लाई लज्जित बनायको छ। ती दुव्र्यवहार गर्ने मान्छे मानव हुन कि दानव हुन यदि साच्चिकै मानव हो भने मानबिय व्यबहार गर हैन भने तिमिहरुलाई दानव भन्दा कुनै संकोच हुने छैन।
जोखिम मा रहेर काम गरिरहेका हुन वा आफै संक्रमीत भयर संक्रमण सङ्ग जुधिरहेका हुन सबै प्रती सबैले सम्मानुभुती राख्नुपर्दछ। चिकित्सक , स्वस्थ्यकर्मी र अन्य सन्क्रमित प्रती कुनै पनि अबहेलना र तिरस्कार स्विकार्य छैन। अग्र पंक्ति मा लागेका जमात लाई दुव्र्यवहार गर्नु भनेको आत्मघाती व्यबहार हो अज्ञानता हो विवेकहिनता हो।
हामी सबैले सोच्नै पर्छ र बुझ्नैपर्छ कि सम्मान र हौसला प्रदान गरौ , उच्च मनोबल बनाउ । यसरी स्वास्थकर्मि माथी को दुव्र्यवहार ले जनस्वास्थ्य र जनसंख्या मा नकारात्मक असर पर्दछ। संक्रमण झन बढने सम्भावना भएको हुदा चिकित्सक र स्वास्थकर्मी को सुबिधा बढाउने , नागरिक र राष्ट्र ले उच्च सम्मान गर्ने गर्नुपर्दछ। कुनै बेला दुव्र्यवहार गर्ने पनि सन्क्रमित हुन सक्छ्न र त्यो बेला हेरचाह गर्ने यिनै स्वस्थ्यकर्मी हुन।
चिकित्सक ले बचाईरहेका सन्क्रमित पनि आफुजस्तै हुन भन्ने सबैले सोच्नुपर्दछ। सेवाभाब ले काम गर्ने स्वस्थ्यकर्मि लाई उच्च मनोबल प्रदान गरौ। ज -जस्ले दुव्र्यवहार गर्दछ तिनिहरु लाई कार्बाही को दायरा मा ल्याउ । सबैले आ- आफ्नो स्थान बाट सहयोग गरौ। हौसला प्रदान गरौ कसैलाई दुव्र्यवहार नगरौ।
आम जनजीवन लाई बचाउन को लागि स्वास्थ क्षेत्र मा काम गर्ने सबैको भुमिका अतुलनीय छ सम्मान योग्य छ र गौरव गर्न लायक छ र प्रसंशा गर्न लायक छ। यो महामारी को समयमा भगवान भने पनि जिबनदाता भने पनि सबै स्वास्थकर्मी हुन।

