कालिकोट । जिल्लाको पचाझरना गाउँपालिकाको एक मात्र जलबिद्युत आयोजना हिजो देखि सुचारु भएको छ । गएको साउन ४ गते आएको बाढि पहिरोका कारण बन्द भएको बिद्युत लगातारको काम पछि हिजो पुन संचालनमा आएको हो ।

पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले अबरुद्ध बिद्युतको स्थलगत निरीक्षण पछि कामको थालनि भएको थियो । लाफागाढ जलबिद्युत उपभोक्ता समितिका अध्यक्ष बिष्णुलाल न्यौपानेका अनुसार दुई ठाउँमा गएको पहिरोले करीब एक सय मिटर सम्मको नहर भत्को थियो ।

निरन्तर काम सुचारु गरी बल्ल हिजो बिद्युत सुचारु गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार बिद्युतको सामान ल्याउन पनि केहि समय लागेको र नहर मर्मत गर्न पनि त्यतिकै समय लाग्दा एक महिना सम्म पचालझरना गाउँपालिकाका करीब चाँर ओटा वडांका समुदायहरु अध्यारोमा बस्न बाध्य भएका थिए भने पचालझरना गाउँपालिकाका दैनिक काम कार्वाहीहरुमा पनि कठिनाई हुदै आएको थियो । पचालझरना गाउँपालिकाका अनुसार बिद्युत सुचारु भएमा बैंकका साथै अन्य काम कार्वाही गर्न सहज हुने बताईएको छ ।

लाफागाढ जलबिद्यु बाट ८५ किलोवाट क्षमता उत्पादन भएको र सो बिद्युत ६ सय घरधुरीलाई पुग्ने उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनु भएको हो । बाढीका कारण आउने दिनमा जे भएपनि आज सम्मका दिनहरुमा राम्रै काम गरेका छौ अध्यक्ष न्यौपानेको भनाई छ ।

पचालझरना गाउँपालिकामा बिद्युत सुचारु भएकोमा काम खट्ने सबैलाई धन्यवाद दिदै गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले पचालझरनामा बिद्युत बाट हुने कामहरु संचालनमा आउने र समुदायलाई ठुलो राहात हुने बताउनु भयो ।

जिल्लामा एकमात्र पोतमारा साना जलबिद्युत आयोजनाको नहर पहिरोले भत्किदा कालिकोट जिल्ला पुरै अन्धकारमय बनेपछि डिजेल प्लान्ट मार्फत शनिबार बाहेक हरु सबै दिन बिहान ३ घण्टा र साझँ ३ घण्टा बैकल्पिक माध्यमबाट बिद्युत संचालन गरीरहेको छ ।