पलाँता सरकारलाई असफल गर्न नेकपा पलाँताको धम्कि र आक्रमणमा निरन्तरता – धन बहादुर सार्की

अग्निज्वाला संम्वाददाता
कालिकोट । विश्व कोभिड १९ को माहामारिमा फसेर आतङ्कित भएको छ तर पछिल्लो चरण पलाँता सरकारले निरन्तर दोहोरो माहामारिमा फसेर सामाना गर्दै अघि बढ्नु पर्ने बाध्यता देखिएको छ । पलाँता सरकारले राज्यको अबिकसित र बिकट क्षेत्र र सामाजिक हिसाबले अबिकसित साथै घृणा को भुमि बनेको पलाँतालाई माथि उठाइ यहाँको स्वास्थ्य , शिक्षा , यातायात , बिद्धुत , खानेपानी , बनबाताबरण लगाएतका क्षत्रको बिकास गरि ५ बर्ष पछिको पलाँता सुन्दर , समृद्ध र सुखि पलाँता निर्माणमा जोड दिदै अघि बढेको कुरामा सबैले बिस्वास गरेकै थियो र कार्यनयन मा बिस्वस्नियता दिलाउदै आएको थियो ।
शिक्षाको क्षत्रमा माटोमा बसेर आकासमा बादल आए बिदा गर्नु पर्ने बिद्यालय भएको पलाँतामा आज पक्कि भबन धमाधम बनेका छन यहि गति हेर्ने हो भने पलाँताको नीति तथा कार्यक्रममा ४ बर्ष भित्र प्रयाप्त गुणस्तरीय भौतिक संरचना निर्माण हुने कुरामा दुइमत छैन । १२ कक्षा सम्म निसुल्क शिक्षा लागु छ । १३ वटा बिद्यालय नमुना बिद्यालय छनोट गरि बिद्यार्थी को माग अनुसार अङ्ग्रेजी माध्यम पठाई सुरु गरेको छ निजि बिद्यालय बन्द गरेको छ पालिकामा महिला साक्षरता तथा ससक्तिकरण आयोजना संचालन गरेर सक्षम साथै मशिलालाई उद्धमि बनाउदैछ भने किशोरी कार्यक्रम चलाएर किसोरिलाई सामाजिक शसक्तिकरणतिर लगेको छ साथै रोजगारि दिएको छ सरस्वती मा बि थिर्पुलाई आबासिय बिद्यालय र सरस्वती मा बि राडुनेटा साथै देउलि माबि उखाडिमा कृषि बिषय पढाइ सुरु गरेको छ प्रत्यक बिद्यालय मा खेल शिक्षक प्रत्यका माबिमा कम्प्युटर ल्याप र शिक्षक , प्रत्यक मा बिमा चौकिदार अनिवार्य पुस्तकालय का लागि पुस्तकालय सहजकर्ता को ब्यबस्थापन गरेको छ ।
स्वास्थ्य मा प्रत्येक वडामा जनस्वास्थ्य सेवा केन्द्र नामाकरण गरेर स्वास्थ्य सस्था स्थापना गरेको छ। १५ सैया अस्पताल सेवा सुचारू को अन्तिम संघारमा पुर्याईएको छ । आयुबेर्द स्थापना साबिकको खिन र धौलागोहमा स्थापना गरेर सेवा दिएको छ । भौतिक संरचना यो बर्ष पूरा हुदैछन । खानेपानि सम्पूर्ण वडामा एक घर एक धाराका लागि आर बि टि सम्म पानी पुर्याइ सकेको छ र १६ सय घरमा मिटर सहितको धारा जोडिसकेको छ र यो बर्ष पालिकाको सबै घरमा धारा पुग्ने नश्चित छ । बिद्धुत ७५ % घरमा बलि सकेको छ भने बाँकि २५ % को घरमा लाईन बिस्तार गर्न मात्र बाँकि छ र लकडाउन र आराजक तत्वको अबरोधका कारण मात्र रोकिएको छ । सडक ५ वडा छोइसकेको छ भने थाप्लो को रसनित्याउने पलाँताको उकालो मा गाडि गुडाएर सेवा सुचारु गरि सकेको छ राडुनेटा जिप पुग्छन भने खिन जाँफे सम्म ट्याक्टर ले सेवा दिसकेको छ ।
यो अबरोध नभएको भए यति समय सम्म खिन नेटा पुग्नेमा दुई मत थीएन भने धौलागोह हुँदै छलाहाँ सम्म जिप पुगिसक्ने थियो । सिचाईका बिरियत आयोजना मार्फत खिन २०० एम एमको पानी झर्दैछ भने फागोटि ,पुलाहा ,डोरि ,रिमा थिर्पु , दाम्रि ,खिर्पि, दैनिकर लगाएत थुप्रै ज्युलामा पक्कि नहरहरु कतै सम्पन्न भएर पानी संचालन त कतै अन्तिम चरणमा पुगेका छन । माथिल्लो दाम्रिगाड , नुवारे , छहरि फागोटि ,उखाडि , जाँफेगाड , भुचिखोला मा झुलङ्गे पुल र ट्रस पुल निमाण गरेको छ भने दाम्रिगाड र तिप्गाडमा पक्कि पुलको निर्माण प्रकृया स्वलटेस्ट सकेर डि पिअार सकि ठेक्का प्रकृया सुरु हुदैछ । ६ लाख भन्दा बढि फलफुलका बिरुवा किषानलाई बितरण गरेर हुर्काएको छ भने बन पैदावारमा ठूलो उपलब्धि हासिल गर्ने दिसातिर उन्मुख भएको छ । रोजगारिको सन्दर्भमा १३ जना सिभिल र ३ जना इलेक्ट्रोनिक प्राबिधिक , महिला साक्षरता तथा शसक्तिकरण परियोजना मा २४ जना , किशोरी कार्यक्रममा ११ जना , बनमा ३५ खानेपानि १ , रेडियोमा ७ जना , वडामा १८ जना ,कृषिमा ५ जना , भेटनरिमा ३ , शिक्षामा ७२ जना , स्वास्थ्य मा ४८ जना , गापा कार्यालय मा कास क्प्युटर अप्रेटर र सहयोगी १५ जना बिद्धुत मा ११ जना , गाडिमा ८ जनालाई सेलरि बेसमा र निर्माण दलमा १५० जनालाई नन्सेलरि बेसमा रोजगारी सृजना गरेको छ यो पालिकामा स्थाई बाहेकको रोजगारि हो ।
पुर्ब जनमुक्ति सेनालाई सहकारि , सुपथ मुल्य पसल स्टेसनरि,कुखुरा पालन र गाडि मर्मत जस्तो स्वरोजगारमुलक रुपमा अनुदान दिएर रोजगारि बनाएको छ । बिपन्न परिवारलाई चाडपर्वमा खाद्यान्न र अन्य सामाग्री बितरण गरिरहेको छ । बिपन्न परिवारलाई उपचार खर्च समेत पालिकाले ब्यबस्थापन गर्दै आएको देखेका छौ । बर्षको दुईपटक सार्वजनिक लेखापरिक्षण प्रत्यक वडामा गएर सन्चार माध्यामका साथ गरिरहेकै छ । रङ्गसाला निर्माणको काम मध्यतिर पुगेको छ भने सम्पूर्ण भौतिक संरचनाको नामाकरण सहिदको नाममा गरिएको छ । खिन र धौलागोहको बिच कयारदेवमा रबिन बहुमुखी क्याम्पस स्थापनाका लागि जग्गाको बन्दोबस्त र अनणय पहलकदमिका लागि २०७६ को दोस्रो सभाबाट समिति गठन गरि सकेको छ भने कयारदेवमा प्रहरी चौकिको लागि सभा हुँदै जिलला प्रदेस हुँदै संघ सम्म पलाँता सरकारले पुर्याएको देखिन्छ ।
पलाँता संचार केन्द्र मार्फत रेडियो स्थापना गरि स्थानिय तहको पहिलो रेडियो स्थापना गरि सेवा दिएको छ । विभिन्न संघ सस्था सँग समन्य गरि आफ्नो मोडलमा लगेर परिचालन गरि बिकास निर्माण लाई तिब्रता साथ अघि बढाइएको छ पलाता सरकारले र यसको मुख्य भुमिका र सृजनसिलता अध्यक्ष को रहेको छ । आज प्रमाणित भएको छ अध्यक्ष लक्ष्मण बम बाहेक जो भएपनि पलाँताको बिकासमा यो प्रगति देख्न सकिने अबस्था थिएन भन्नेमा सचेत नागरिक सबै प्रष्ट नै छन ।

