मान ब बिश्वकर्मा

कालिकोट । कालीकोट ३२ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिवालय सदस्य तथा युवा नेता दिपक चौलागाईं (शिखर) को पहलमा निः शुल्क सोलारहरु जडान गरिएको छ।बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको संस्थागत सौर्य उर्जा अनुदान कार्यक्रम अन्तरगत सोलार होम्स नेपालको जडान ठेक्कामा कालिकोटका विभिन्न,विद्यालय र स्वास्थ्य संस्थाहरुमा सोलार जडान गरिएको नेकपा कालीकोटका सचिवालय सदस्य दिपक चौलागाईले जानकारी दिए ।

शुभकालीका गाउँपालीको वडा नं २ कालिका मा.बि.भर्तामा दुई किलोवाट(२००० वाट),वडा नं ५ दाहाल मा.बि.मा दुई किलोवाट(२००० वाट)वडा नं ४ नैनेलदेब आधारभूत चौलागाईं बाडामा एक किलोवाट(१००० वाट)वडा नं ८ महादेव आधारभूतमा एक किलोवाट(१००० वाट),खडाचक्र नगरपालीका वडा नं ३आधारभूत स्वास्थ्य चौकी ताडीमा  एक किलोवाट(१००० वाट)सोलार जडान गरिएको छ।

त्यस्तै सरस्वती मा.बि.पचालझरना वडा नं ८ मा दुई किलोवाट(२००० वाट),वडा नं ५ पन्चकालिका मा.बि.मा दुई किलोवाट(२००० वाट),नवकिरण आधारभूत बिधालयमा एक किलोवाट(१००० वाट) र वडा नं ८ आधारभुत स्वास्थ्य चौकीलाई पनि एक किलोवाट (१००० वाट)सोलार नेकपा पचालझरना गाउँ पालिका कमिटी अध्यक्ष पौरख बिश्वकर्मा मार्फत सम्वन्धित संस्थाहरु र वडाको समन्वयमा  सोलार जडान गर्न लागेको चौलागाईको भनाई छ ।

सोलार जडान कार्यमा शुभकालिका अध्यक्ष खडानन्द चौलागाईं,पचालझरना अध्यक्ष खड्कराज सेजुवाल,सम्वन्धित वडाका वडा अध्यक्ष,विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक संग समन्वय गरि सोलार जडान गरिएको नेता चौलागाईले बताए । गत आर्थिक बर्षमा पनि चौलागाईंको पहलमा शुभकालिकाकै अन्य केहि संस्थाहरुमा निस्शुल्क सोलार जडान गरिएको थियो।