कर्णाली प्रदेशको विकासमा युवाको सहभागिता अनि कर्णाली प्रदेशले मुहार फेर्ने छ : युवा नेता पसल रोकाया

कालिकोट संम्वाददाता
कालिकोट । युवा वर्तमानका साझेदार हुन् । युवाको क्षमता अभिबृद्धि र सशक्तिकरणका माध्यमबाट कर्णाली प्रदेशको परिवर्तन र विकास सम्भव छ । शिक्षा, स्वास्थ्य, रोजगार युवाको मौलिक अधिकार हो । सामाजिक, सांस्कृतिक, आर्थिक राजनैतिक हरेका क्षेत्रमा युवाको सहभागिता सुनिश्चित हुनसके मात्र दिगोपन रहन सक्छ । समुन्नत र सम्मृद्ध राष्ट्रको लागी योगदान दिनुपर्ने युवा बेरोजगारी, अशिक्षा, आर्थिक अभाव, मानसिक तनाव जस्ता कारणले कर्णाली प्रदेश बिकासको मुलप्रवाहमा आउन सकिरहेका छैनन् ।
कर्णाली प्रदेशले बिकासका निम्ति योजना बनाई मुलप्रवाहमा युवालाई समेट्नु पर्दछ । बिकास र बिस्तारका लागि समाबेसि तवरले योजना कार्यन्वयनमा समाबेस गर्नु पर्दछ । ग्रामिण समुदायमा रहेका सम्भाब्यताको सुचि बनाई त्यसको काममा युवाहरुलाई अग्रसर बनाउनु पर्दछ । वातावरण संरक्षण का लागि जनचेतनाका माध्यमबाट विश्वमा बढदै गहिरहेको जलवायु परिवर्तको असरलाई कम गर्नका लागि युवानै प्रमुख प्रात्र रहेका छन् । ग्रामीण बिकासमा युवाको सहभागिता जति महत्वपुर्ण रहन्छ त्यतिकै मात्रामा युवालाई अग्रसर गराउने कार्य महत्वपुर्ण रहन्छ । नेपाल देशको तुलनामा कुल ग्रास्त उत्पादन कर्णाली प्रदेश पहिलो रहेको पाईन्छ प्रकृति हिसावले कर्णाली प्रदेश नेपालको पहिलो रहेको पनी देखिन्छ। अझै कर्णाली प्रदेशको कुल ग्रास्त उत्पादनको बृद्धिको लागि कर्णाली प्रदेश सरकारले युवासंग साझेदारि गरि यसको बिकल्पको रुपमा कार्ययोजनाको तयार गर्नु पर्दछ । युवा वर्तमानका साझेदारी हुन भने भबिष्यका महानायक हुन जब बिकासको कुरा अगाढि बढाईन्छ तब युवाको क्षमता बिस्तार मा बिशेष ध्यान दिन जरुरी देखिन्छ । नेपालको कर्णाली क्षेत्रको समग्रबिकास तथा बिस्तारका लागि सरकारले कर्णाली बिशेष योजनाको बिकास गर्न जरुरी देखिन्छ ।
नेपालको तुलनामा कर्णाली प्रदेश युवाहरुको अवस्था निकै दयनिय रहेको छ । जसले गर्दा युवाहरु राज्यको मुल प्रवाहिकरणमा आउन सकेका छैनन् भने कर्णाली प्रदेश बाट पनि यथोचितरुपमा युवालाई प्राथमिकता दिएको पाईदैन । अधिकाम्स शिक्षित युवाहरु औपचारीक शिक्षाआर्जनपछि खाडीमुलुकमा आफनो श्रम सस्तोमुल्यमा बेच्न बाध्य छन भने कर्णाली प्रदेशका युवा आधि खाडि मुलुक आधि छिमेकि मुलुक रोजगारमा जान वाध्य छन तसर्थ राज्यको मुलप्रवाहिकरणमा भन्दा बाहिर रहेका युवा समुदायहरुलाई लक्षित गरी उनीहरुलाई सामाजिक ,सास्ंकृतिक र राजनितिक मुलधारमा समाविष्ट गर्नको लागी युवा लक्षित कार्यक्रमको सुरु गर्नु जरुरी छ। १६ बर्षमुनिका बालबालिका हुन् अथवा ४० बर्ष पुरा भएका प्रौढ समुदाय सवैलाई काँधमा बोकेर हिड्ने बर्ग भनेको युवा नै हो । समग्रमा शान्ति, सुब्यवस्था ,बिकाश ,मानवअधिकार हरेक पक्षसगं युवाको सम्वन्ध जोडिएको हुन्छ । कुनै पनि मुलुकलाई उन्नति वा अवनति कता लैजाने भन्ने हात युवामा हुन्छ तसर्थ युवाहरुमा सकारात्मक सोचको बिकाश गराउनका लागि कर्णाली प्रदेश सरकारले बिशषे भुमिका निर्वाह गर्न जरुरी छ। जनचेतनाको माध्यमबाट युवाअधिकार, मानवअधिकार, बालअधिकार, महिला तथा लैङ्गिीक समानाता, समाजिकि समावेशीकारण, वातावरण संरक्षण, समाजिक तथा आर्थिक विकास, न्याय, सुशासन, शान्ति, जनस्वास्थ्य, शिक्षा र सरसफाई र सुशासनको क्षेत्रमा युवा सहभागिताका लागि कर्णाली प्रदशे सरकारले युवाहरुलाई अग्रसर गराउनु जरुरी छ
नेपालको श्रम अनुसार ६ लाख युवाहरु प्रत्यक वर्ष श्रम बजारमा आउंछन । करिव ४० लाख नेपाली युवाहरु खाडि मुलुक जस्तै मलेसिया, साउदिअरव, कतार, दुवैइ, वहराइ, कुवेत आदि जस्ता मुलुकमा आफनो श्रम बेच्न हिडिरहेको अबस्था रहेको देखिन्छ । सोहि संख्याको हाराहारिमा अभिलेखिकरण नभहेका समेत यि मुलुकमा कार्यरत रहेका छन् । युवाहरुमा चेतनाको स्थर बृदि गर्न नसकिरहेको अबस्था छ । देशमा अन्योलको वातावरण सिर्जना भहिरहेको अबस्थाले गर्दा पनि यसको असर युवाहरुमा र्पदै गहिरहेको अबस्था छ ।नेपालमा २० देखि २४ वर्ष उमेर समुहका ५० प्रतिशत युवाहरु बिभिन्न व्यक्ति तथा समुहहरु द्धारा प्रया्ग गरिएका छन् । यसरी अरुद्धारा प्रयोग भएका युवाहरु गलत काम वा हिंसामा फस्ने बढि सम्भाबना पनि हुन्छ् । करिव २९.८७ प्रतिशत युवाहरुले मात्र सिपमुलक छोटा र लामा अबधिका तालिम प्राप्त गरेका छन् । जसरी युवाहरुलाई सक्षम र रोजगार बनाउने भनेर बिभिन्न संघ संस्था र नेपाल सरकारले दिइएको छ । तालिम दिदैमा युवाहरु सक्षम भैसके भनेर चुपलागे बस्नु भन्दा उनिहरुले केगरि रहेका छन् भन्ने कुरामा समेत थप अध्ययन अनुसन्धान गरी तालिमको गुणस्थर र त्यसको प्रयोगका संम्बन्धमा समेत थप आबश्यक जानकारी लिन कर्णाली प्रदेश सरकारले आबष्यक छ । सिपकै कुरा गर्नहा भने नेपालका ८५.३३ प्रतिशत युवाहरुलाई जिवनउपयोगि सिपशिक्षाको बारेमा जानकारनै छैनन् वा जीवनउपयोगि सिप सम्बन्धि काय्रक्रममा समे सहभागि भहेका छैनन् ।
कर्णालीको बिकास र युवाको सहभागितामा बिशेष कार्यक्रमका माध्यमबाट युवालाई , युवामा उत्पन्न भहिरहेको द्धन्द्धलाई सिर्जनात्मक तरीकाले रुपान्तरण गर्नु पर्दछ । जब युवालाई र्शिजनशिल कार्यमा लगाईन्छ तब मात्र बर्णाली प्रदेश बिकासको माडले तयार हुन सक्दछ । युवा र बिकासको सम्बन्ध जति महत्व छ त्यति नै कर्णाली प्रदेश बिकासको सम्बन्ध पनि महत्व छ । अबको नयां दिनमा युवाका सवालहरुलाई समेटनु पर्दछ र नेपालबाट दिन प्रति दिन बिदेशि रहेका युवालाई नेपालमा नै रोजगारी वातावरण सिर्जना गरी कर्णाली प्रदेशबाट छिमेकी मुलुक रोजगारमा जाने देशको ग्रामिण बिकासमा अग्रसर गराउनु पर्दछ । यसरी कर्णाली प्रदेश बिकास कार्यमा युवाहरुलाई समाबेश गरियको खण्डमा कर्णाली प्रदेश सफल र फदाई हुनेछ । युवाका समस्या को पहिचान गरी देश बिकासको मुल प्रवाहमा युवालाई ल्याउन सकेको खण्डमा कर्णाली प्रदेश बिकास सम्भव रहेको छ । अल्पकालमा हुने प्रदेश आम्दानिमा कर्णाली प्रदेश सरकारले बिषेश जोड दिनु पर्दछ । सडक, यातायात, ऊर्जा,बैङ्क तथा बजार सुधार, घरेलु तथा साना उद्योग आदिको बिकासमा जोड दिनु पर्दछ । अर्काे तिर ग्रामिण बिकासले पिछडियका समुदायप्रति बिषेश सरोकार राख्ने भहेकोले बिकासमा पिछडियका समुदायका युवाहरुलाई बिकासको बाटोमा अगाडि बढाउने प्रयत्न गर्ने । जसको लागि पुर्वाधारको बिकासमा कर्णाली प्रदेश सरकार अगाढि बढनुपर्ने देखिन्छ । भने बिकासमा हरेक तहरतप्काका, समुदाय, हरेक लिङ्गका युवाको समानुपातिक सहभागिताको जोड दिनु पर्दछ । प्रदेश सरकारले स्थान, समय तथा आबश्यकता अनुसार साधनको व्यबस्था मिलाउनु पर्दछ । शिक्षा स्वास्थ्य, खानेपानि आदि जस्ता सामाकि पूर्वाधारको बिकासमा जोड दिदै सामाजिक सुरक्षा का सवालका बिषयहरुलाई प्राथमिकतापूर्वक सञ्चालन गर्नु पर्दछ । जसमा बिषेश प्राथमिकताको समुह भनेर युवालाई समाबेस गर्नु पर्दछ । यसरी युवाहरुलाई प्राथमिकताका साथ काममा लगाई बिकासको अग्रगमन गतिमा समाबेस गर्न सकेको खण्डमा कर्णाली प्रदेशको बिकास संग संगै युवाहरुको क्षमताको बिकास र रोजगारीको बिकास हुने गर्दछ । जसको माध्यमबाट कर्णाली प्रदेश बिकास र्दुत गतिमा अगाडि बढने छ ।
लेखक कर्णाली प्रदेश युवा नेता पसल रोकाया

