अग्निज्वाला संम्वाददाता

२०७७ साल बैैशाख-७ गते आईतवार प्रकाशित

मान ब.बिश्वकर्मा|कालिकोट-बिकट क्षेत्रबाट पत्रकारीता गर्ने पत्रकारहरु पनि नोवेल कोरना भाइरस कोभिड १९ को लकडाउनले समस्यामा परेको भन्दै कालीकोटमा पत्रकारहरुलाइ राहत बितरण गरीएको छ । जिल्लामा क्रियाशील पत्रकारहरुलाई २५ केजी चामल, एक प्याकेट तेल र एक प्याकेट नुन बितरण गरीएको हो । जिल्लामा सञ्चालीत पत्रपत्रिकाहरु प्रकाशन बन्द भए पनि बिभिन्न समस्याका बावजुत नागरीकको सुचना अधिकारलाइ मध्यनजर गर्दै पत्रकारीता गरीरहेका बिभिन्न सामुदायीक रेडियोमा कार्यरत पत्रकारहरुलाइ राहत बितरण गरीएको हो । गाँँउबाट जिल्लाको सदरमुकाम आएर डेरामा बसी पत्रकारीतता गर्ने जिल्लाका बिभिन्न सामुदायीक रेडियो र अनलाइन सञ्चार माध्याममा कार्यरत पत्रकारहरुलाई नुन, तेल र खाद्यान्न राहत बितरण गरीएको हो ।

हाल अमेरीकामा रहनु भएका नेपाल तरुण दल कालिकोटका कार्यबाहक अध्यक्ष राजकुमार हमाल, जिल्लाका युवा व्यवसायीहरु दिनेश शाही, नमराज बुढा र उद्धव बरालले सयुक्त रुपमा जिल्लाका क्रियाशील २१ जना पत्रकारहरुलाई राहत बितरण गर्नु भएको हो । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य तथा अन्नपुर्णकर्मी बिस्नप्रसाद न्यौपानेको पहलमा आईतबार नेपाल पत्रकार महासंघको शाखामार्फत सबै पत्रकारहरुलाई सम्पर्क गरी राहत प्रदान गरीएको हो । पत्रकारलाई राहत का लागी सहयोग गर्ने राजकुमार हमाल अमेरीकाको नेपाली जनसम्पर्क समिति विन्स्क्न्सन च्याप्टरका उपाध्यक्ष समेत रहेका छन । दिनेश शाही ग्लोबल अटोपार्टसका संचालक हुन् भने नमराज बुढा कालिकोट उद्योग बाणिज्य संघका सदस्य तथा जिएन कम्यूनिकेशन एण्ड मोबाईल ग्यालरीका संचालक हुन् । यस्तै उद्धव बराल हिमशोभा जनरल स्टोरका संचालक हुन यीनिहरुले लकडाउनले सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा कर्मी बढी खटिएको भन्दै त्यसमा निस्वार्थ ज्यान जोखिममा राखेर पत्रकारीता गरेकाले आफ्नो सहयोगको लागी यही क्षेत्र छानेको प्रतिक्रिया दिएका छन ।