कोषेलि सहित जनताको अबस्था बारे बुझ्न गाउँ गाउँमा पुगे अध्यक्ष:बम।।

—-अग्निज्वाला संम्वाददाता—-
२०७७,साल बैशाख-४ गते बिहिवार,
कालिकोट|विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका विपन्न परिवारलाई ए.एन.बि हस्पिटलले दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने बिपन्न परिवारलाई राहत वितरण गरेको छ । पलाँता गाउँ पालिकाको ७ र ८ मा ३१८ घरधुरी मध्य ४५ विपन्न परिवारलाई तेल नुन माक्स बितरण गरेको छ भने अन्य वडा बासी लाई दैनिक उपभोग्य सामाग्री (नुन, र माक्स) वितरण गरेको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम ले जानकारी दिनुभयो ।
अन्य वडामा पनि विपन्न परिवारको वडागत रुपमा लागत संकलन गरी राहत वितरण कार्य सुरु गरेको छ । अन्य वडाका परिवारलाई राहत प्रदान गर्न लागत संकलन गरिएको ए.एन.बि हस्पिटल का संचालक गोरि कला बमले बताउनु भयो । उहाका अनुसार सबैलाई राहत दिन कठिनाई भएको र केही भारतीय नागरिक समेत रहेको कारण उनीहरुलाई मापदण्ड बनाएर दोस्रो चरणमा राहत वितरण गरिनेछ । जिल्ला बाहिरबाट आएर सडक तथा भौतिक निर्माणमा काम गर्ने अलपत्र परेका मजदुरलाई समेत राहत स्वरुप नुन, तेल, माक्स लगायत सामग्री प्रदान गर्ने छ । ए.एन.बि हस्पिटल को तर्फ बाट पहिलेनै स्वास्थकर्मी हरु असुरक्षित भयपछि स्वास्थ उपकरण हरु खरिदका लागि एक लाँख पचाँस हजार हस्तान्तरण गरेको र अन्य दिनमा पलाँतामा त्यस्तो जोखिम को समय आईआल्य मा सयोग गर्नेे समेत बताइएको छ ।।

