सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो ? भनी प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरिरहेका छन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले प्रधानमन्त्री दाहाललाई नेपालका हरेक प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमै हुने गरेको बताउँदै त्यो किन हुन्छ भनी एउटामात्र प्रश्न गरेका हुन्।

सांसद केसीले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘भारत भ्रमण गर्नुपर्ने नेपालमा त्यस्तो कुनै बाध्यता छैन। त्यसको जवाफ मैले पहिलो प्रधानमन्त्रीकालमा दिइसकेको छु,। भारत भ्रमण गर्ने प्रचलन भए पनि राजनीतिक बाध्यता छैन।नागरिक दैनिक बाट