नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसन दक्षिण कोरियाको राजधानी सिउल प्रस्थान गर्नुभएको छ । राजदूत थम्पसन हिजो राति काठमाडौंबाट त्यता जानुभएको बताइएको छ ।

उहाँ कोरियन एअरलाइन्सको उडान नम्बर केई ६९६ बाट हिजो राति पौने ११ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कोरिया गएको टोलीमा राजदूतसँग अन्य दुई जना पनि छन् ।