काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दुताबासले जानकारी दिएको छ ।