नोभेम्बरमा हुने चुनाव अघि डेमोक्रेटिक मतदाताहरूको मन जित्न बाइडेन प्रशासनले यस्तो योजनाबारे विचार गरिरहेको जनाइएको छ । यसबारे अन्तिम निर्णय भने आइसकेको छैन । बाइडेन प्रशासनले सन् २०२३ को समरदेखि नै यसबारे विचार गर्न सुरु गरेको हो ।
विभिन्न रिपोर्टहरु अनुसार अमेरिकामा करिब ११ लाख कागजपत्रविहीन आप्रवासीले अमेरिकी नागरिकसँग विवाह गरेका छन्। अमेरिकीहरूसँग विवाह गर्ने आप्रवासीहरू सामान्यतया ग्रीन कार्डका लागि योग्य हुन्छन् तर केही आप्रवासी विभिन्न कारणहरूले ग्रिनकार्डका लागि अयोग्य हुने गरेका छन् ।
एक पटक भन्दा बढी अवैध रूपमा अमेरिका प्रवेश गर्ने वा नक्कली कानुनी कागजातहरू प्रयोग गर्नेहरु अयोग्य हुने गरेका छन् ।
यदि ह्वाइट हाउसले आफ्नो योजना अगाडि बढेमा यसबारे विशेष परोल कार्यक्रम लागू गर्ने सम्भावना रहेको छ । यो कार्यक्रम भिसामा अमेरिका आएर भिसाभन्दा बढी बसेको व्यक्तिको लागि नभई विनाभिसा गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्नेहरूलाई मात्र लागू हुनेछ ।
थप रूपमा सम्भावित आदेश केवल पाँच वा १० वर्ष जस्ता निश्चित समयदेखि विवाहित जोडीहरूमा लागू हुने अपेक्षा गरिएको छ।