बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकमा संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष निकालिएको जसपाका नेता राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

बैठकमा सरकारले भ्रष्टाचारविरुद्ध उदाहरणीय काम गरेको भन्दै प्रशंसा भएको थियो ।

इतिहासमै अहिलेसम्म भ्रष्टाचारविरुद्ध धेरै काम गरेकोमा नेताहरूले सरकारलाई धन्यवाद दिएको नेता श्रेष्ठले बताए ।

मोर्चाको बैठक आज साँझ फेरि बस्ने भएको छ ।प्रधानमन्त्रीले समाजवादी मोर्चालाई सक्रिय गराइ जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको एक नेताले अग्निज्वालालाइ जानकारी दिए ।