काठमाडौं, १२ मंसिर, २०८०

सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा ‘बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषय पठनपाठन गर्ने भएको हो ।

तीन वर्षे तथा ३६० क्रेडिट आवरको यो शैक्षिक कार्यक्रम यसै शैक्षिक सत्रबाट अध्यापन सुरु हुने छ । कार्यक्रमको पाठ्यक्रममा आधारभूत कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञतालाई एकीकृत गरिएको छ । जसले गर्दा कार्यक्रममा भर्ना हुने विद्यार्थीले अहिले चर्चामा रहेको एआईको क्षेत्रमा विज्ञता हासिल गर्न सक्ने छन् ।

“अहिले द्रुत गतिमा विकास भइरहेको एआई क्षेत्रको विशेषज्ञ हुन आवश्यक पर्ने व्यावहारिक सीप र सैद्धान्तिक ज्ञान यसमा कार्यक्रममा समावेश छ,” शैक्षिक कार्यक्रमबारे कलेज प्रमुख प्रमोद पौडेलले भन्छन्, “विद्यार्थीले एआई, मसिन लर्निङ, प्यारारल प्रोग्रामिङ र डेटा विज्ञान कसरी जोडिएका छन् र तिनीहरूले कम्प्युटर विज्ञानलाई कसरी परिवर्तन गर्दैछन् भन्ने विषय पढ्ने छन् । समग्रमा कम्प्युटर विज्ञानसँगै एआईमा विज्ञता हासिल गराउने शैक्षिक कार्यक्रम हो यो ।”

यसका लागि कार्यक्रममा प्रोग्रामिङ एन्ड एल्गोरिदम, सफ्टवेयर डिजाइन, कम्प्युटर आर्किटेक्चर एन्ड नेटवर्क, क्रियटिभ थिङ्किङ फोर बिजिनेस, इन्ड्रोडक्सन टू आर्टिफिसियल इन्टेलिजेन्स, सफ्टवेयर इन्जिनियरिङ, एड्भान्स एल्गोरिदम, अपरेटिङ सिस्टम एन्ड सेक्युरिटी, मसिन लर्निङ एन्ड रिलेटेड एप्लिकेशन, डिजाइन थिङ्किङ एन्ड इनोभेसन लगायतका विषय राखिएका छन् । कलेजका अनुसार यी विषयहरू लेक्चर, सेमिनार, प्रयोगशाला, कार्यशाला, अनलाइन, समूह जस्ता विभिन्न विधि तथा माध्यमबाट पठनपाठन हुने छ ।
यस कार्यक्रममा भर्ना हुन कक्षा ११÷१२ मा न्यूनतम २.० जीपीए अथवा ए लेभलमा भए ३.५ क्रेडिट ल्याएको हुन पर्ने छ । वर्षमा स्प्रिङ र अटम गरी दुई इन्टेकमा भर्ना खुला हुने यो कार्यक्रममा विज्ञान, व्यवस्थापन वा मानविकी समूहका विद्यार्थी भर्ना हुन सक्ने छन् । कार्यक्रम अध्ययन पछि विद्यार्थीहरूले एआई सफ्टवेयर डेभलपर, डेटा साइन्टिस्ट, सफ्टवेयर इन्जिनियर, सिस्टम आर्किटेक्ट, एआई रिसर्चर, प्रोजेक्ट म्यानेजर, डेटा इन्जिनियर आदि बन्न सक्ने छन् । कलेजले यो कार्यक्रमको शुल्क १२ लाख ३१ हजार रुपैयाँ तोकेको छ ।

सङ्क्षिप्तमा कलेज बारे
सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्स नेपालमा आईटी शिक्षाका लागि प्रख्यात छ । बेलायती कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले स्नातक, स्नातकोत्तर तहमा आईटी सम्बन्धीका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरि रहेको छ । कलेजले पढाउने बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी लगायतका विषय आईटी शिक्षामा रुचि भएका विद्यार्थीमा लोकप्रिय रहेको छ ।
थप जानकारीको लागि
इमेलः counseling@softwarica.edu.np
महाकवि मार्ग, डिल्लीबजार, काठमाडौं
सम्पर्क नम्बरः ०१ ४४४१५७७र ९८४०४२४५६९
धधध।कयातधबचष्अब।भमग।लउ