चैत्र २६, काठमाडौं
नेपालको नम्बर १ फ्रुट जुस “रियल फ्रुट पावर“ को उत्पादक तथा बजारकर्ता (मार्केटर) डाबर नेपालले आकर्षक कार्बोनेटेड सफ्ट ड्रिङ्क सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ “रियल फिज्जिन“ बजारमा ल्याएको छ । “रियल फिज्जिन“ को एप्पल, मसला कोला र निम्बु गरि तीनवटा आकर्षक भेरियन्टहरू छन् जुन आकर्षक पेट बोतलहरूमा उपलब्ध छन् ।
११.२% फलफूलको जुस भएको रियल एप्पल फिज्जिन १५० मिलि, २५० मिलि र ५०० मिलि उपलब्ध छ र यसको आकर्षक मूल्य रु ३०, रु. ५०, रु. ८० पर्छ । यसै गरि जीराको मसलादार स्वाद भएको रियल मसाला कोला फिज्जिनमा १०.५% फलफूलको रस छ । त्यस्तै, रियल निम्बु फिज्जिनमा ५% रिफ्रेसिङ लेमन जुस हुन्छ । रियल मसाला कोला र निम्बुको १५० मिलि “गो“ प्याकको आकर्षक मूल्य रु. ३० मा उपलब्ध छ ।
डाबर नेपालका बिजनेस हेड, श्री एच एस बेदी, ले भने– “रियल फिज्जिन“, कम्पनीले आफ्ना नेपाली उपभोक्ताहरूलाई नयाँ र फरक उत्पादनहरूद्वारा खुसी पार्ने निरन्तर प्रयासको परिणाम हो” थप उनले भने “यसरी यो श्रेणी (क्याटेगोरी) मा उत्पादन गर्नु भनेको पेय पदार्थको पेय बजारमा आफ्नो पकडलाई अझ व्यापक बनाउने रणनिति हो ।“
डाबर नेपालका अतिरिक्त महाप्रबन्धक श्री अभय प्र.गोर्खालीले भने – “पहिला स्फूर्ति र फलफूलको मिठो स्वादको लागि उपभोक्ताहरुले छुट्टा छुट्टै कार्बोनेटेड सफ्ट ड्रिङ्क अथवा फ्रुट जुस छान्नुपथ्र्यो । उपभोक्ताहरुलाई कार्बोनेटेड सफ्ट ड्रिङ्कमा ताजा फलफूलको स्वाद नभई कृतिम स्वाद हुन्छ भन्ने चेतना हुँदाहुँदै ग्याँस भएको पेय पदार्थ पिएर आनन्द लिएका हुन्थें ।“ उनले थप्दै भने, “यसलाई ध्यानमा राखेर हामीले उपभोक्ताहरुलाई खुसि पार्नको लागि “रियल फिज्जिन“लाई बजारमा ल्याएका छौं । जसले गर्दा उपभोक्ताहरुले कार्बोनेटेड सफ्ट ड्रिङ्क बाट स्फुर्ति पाउने साथै तथा ताजा फलफूलको मिठो स्वाद पाउन सक्नेछन् ।”
रियल फिज्जिनलाई स्फूर्तिदायी पेय पदार्थको रुपमा राखिएको छ जसमा फलफुलको असली स्वाद पाईन्छ । यसलाई बजारमा ल्याउन टेलिभिजन विज्ञापन मार्फत मार्केटिङ्ग क्याम्पेन चलाईएको छ जसको ट्यागलाईन “फ्रुट एण्ड फिजको रिफ्रेसिङ्ग फिलिङ्ग” हो । यस ब्राण्ड एम्बासडरको रूपमा चर्चित अभिनेत्री साम्राज्ञी आर एल शाहलाई छनोट गरिएको छ ।