काठमाडौं । छोटो समयका लागि अमेरिकाबाट नेपाल आएका अग्रज लोकगायक प्रेमराज महतले नेपालको बसाईमा दुई वटा गीत रेकर्ड गरेका छन् । अर्को साता अमेरिका फर्कने उनले यतिबेला नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा…’ को भडियो रिलिज गरेका छन् । उनी अमेरिकाको लागि नेपालका महाबाणिज्यदुत हुन् ।

शुक्रबार युट्युबमार्फत् रिलिज गरिएको यो गीतमा उनकै शब्द र संगीत छ । महतलाई यो गीतमा शान्तिश्री परियारले नारी स्वरमा साथ दिएकी छिन् । आफुले यो गीतको भिडियो समेत जुम्लाका विकट पहाडी क्षेत्रमा छायांकन गरेको उनले बताएका छन् ।

भिडियोमा गायक महतसंग रीना थापा मगरले अभिनय गरेका छन् । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी र निर्देशन गरेका हुन् । जसमा मानकृष्ण महर्जनको छायाँकन, मिराज अर्याल र रिमा फिल्म्सको सम्पादन, राजेन्द्र मोक्तानको रँग सँयोजन यसमा छ ।

यस्तै संगीतकार दीपक शर्माको संगीत र डब्बु क्षत्रीको शब्दमा गायक महतले अर्को गीत पनि रेकर्ड गरिरहेका छन् । यो गीतको पनि चाँडै नै भिडियो तयार गरेर आफु बल्ल अमेरिका फर्कन गायक प्रेमराजा महतले बताएका छन् ।