आज साँझ ६ बजे संवैधानिक परिषद्को बैठक बस्दै छ ।

प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री श्रोतका अनुसार गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको हो । उनका अनुसार आजको बैठकमा प्रधानन्यायाधीशको नियुक्ति हुनसक्छ ।