राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले भ्रष्टाचारविरुद्ध एक हुन सबैमा आह्वान गरेका छन् । शनिबार काठमाडौंमा हुन लागेको ‘भ्रष्टाचारविरुद्ध हामी विरोधी’ कार्यक्रमलाई समर्थन जनाउँदै उनले यस अभियानलाई सबैले साथ दिन आह्वान गरेका हुन् ।
भ्रष्टाचार देशको साझा दुस्मन भएको उल्लेख गर्दै लामिछानेले पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थक सकेसम्म यस विरुद्धको अभियानमा सहभागी हुन अपिल गरेका छन् ।

‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो । त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु । राम्रो काम जसले गरे पनि सघाउनुपर्छ । देशभर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनु होला,’ लामिछानेले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘भ्रष्टाचारविरुद्ध एक हौँ, नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौँ ।’

त्यतै आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डललाइ भेटेरै बधाई दिएका छ्न।