नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ। उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन्।शनिबार शंखमूलस्थित एक कफी सपको छैटौं तलाबाट खसेर घाइते भएका उपाध्यायको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

प्रहरीका अनुसार घटनालगत्तै उनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो। सिभिलबाट उनलाई न्युरो अस्पताल रिफर गरिएको थियो।