माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूसमक्ष राष्ट्रिय दलित आयोगका माननीय सदस्य टुन्ज बराइलीज्यूको नेतृत्वमा तेश्रो वार्षिक प्रतिवेदन पेश भएको छ ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/८० को प्रतिवेदन पेश भएको हो ।

प्रतिवेदन बुझ्नुहँदै प्रदेश प्रमुख माननीय प्रदेश प्रमुखज्यूले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताउनुभएको छ । पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु जस्ता घट्नाले लज्जित बनाएको बताउनुभएको थियो । साथै, यो समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको प्रदेश प्रमुखले बताउनुभएको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोगका माननीय सदस्य टुन्ज बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताउनुभएको छ । युवावस्थामा प्रेम भएपनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उहाँको भनाई थियो ।