काठमाडौं, नेपाल क्लियरिङ्ग हाउसको संचलाक समितिमा वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत श्री महेश शर्मा ढकालज्यूूलाई संचालक पदमा नियुक्त गरिएको छ । साथै स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता श्री जगदीश दहालज्यूलाई पनि नियुक्त गरिएको छ । चैत्र १४,२०७९ गते बसेको एनसीएचएलको २०६ औं संचलाक समितिको बैंठकबाट उक्त निर्णय गरिएको हो ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ । एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएकोछ ।
थप जानकारीका लागि www.nchl.com.np मा हेर्नुहोस् ।