आयोजक भारतलाई ६ विकेटले हराउँदै छैठौँ पटक अस्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ।

जितको लागि २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।अस्ट्रेलियालाई उपाधि दिलाउन ट्रैविस हेडले १३७ रन तथा मार्नस लाबुशेनले ५८ रन बनाए। भारतका लागि जसप्रीत बुमराह र मोहम्मद शमीले दुई दुई विकेट लिए।

यस अघि भारतले टस हारेर पहिला व्याटिङ गर्दै ५०ओभरमा २४० रन बनाउँदा सबै विकेट गुमाएको थियो।भारतका लागि के एल राहुलले ६६ रन ,विराट कोहलीले ५४ रन, कप्तान रोहित शर्मा ४७ रन बनाए।

बलिङ तर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट , जॉश हेज़लवुड र पैट कमिंसले दुई दुई विकेट लिए।त्यसैगरी ग्लेन मैक्सवेल र ऐडम ज़ैम्पाले एक एक विकेट लिए।

भारतले जारी खेलमा यस अघिका १० खेल जिते पनि फाइनल खेल हार्दा उपाधि गुमाउन पुग्यो । भारतले लिग खेलमा अस्ट्रेलियालाई हराए पनि फाइनलमा हराउन नसक्दा उपाधि गुमाउन पुगेको हो।

यसअघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो। भारतको भने सन १९८३ र सन २०११ मा विश्वकप क्रिकेटको उपाधि जितेको थियो।