काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आज साँझ भएका खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पार्द चेल्सी पराजित भएको छ । युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको हो भने चेल्सी उल्भससँग पराजित भयो । म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए । यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको यो १२औ जित हो । २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ । त्यसैगरी वेस्टह्याम युनाइटेडको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ । यसैबीच अर्को खेलमा वोल्भ्सले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा वोल्भ्सले चेल्सीलाई ४२ गोल अन्तरले पराजित गरेको हो । वोल्भ्सको जितमा माथेउस चुनाले ह्याट्रिक गरेका थिए भने एक गोल चेल्सीका एक्सेल डिसासीले आत्मघाती गोल गरेका थिए । त्यसैगरी चेल्सीका लागि कोल पाल्मर र थियागो सिल्भाले एक एक गोल गरेका थिए । यो जितपछि वोल्भ्सको २३ खेलमा ३२ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ । त्यसैगरी चेल्सीको भने यो यस सिङमा १०औ हार हो । २३ खेलमा ३१ अंक रहेको चेल्सी लिगमा ११औं स्थानमा झरेको छ ।