यहि मिति २०८०÷०७÷१७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्प र त्यसपछि आइरहेको लगातारको पराकम्पले जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका क्षेत्रहरूमा हुन गएको मानवीय र भौतिक क्षतिको खबरले हामी अत्यन्तै दुखी भएका छौं । भूकम्पमा परि ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं, साथै घाइते भएकाहरूलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन घडीमा हामी सम्पूर्ण पिडित र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने हौसला मिलोस् भनेर कामना गर्दछौं । यस दुखद घडीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट नलगाड नगरपालिका, जाजरकोटलाइ रु ५०००००÷– ( पाचँँ लाख ) बराबरको न्यानो कंमल सहयोग गर्ने भएको छ ।

जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहनुभएका हाम्रा सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ आफ्नो तरिकाले सक्दो साथ र सहयोग गरिदिनु हुन अनुरोध पनि गर्दछौं ।